× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले उपप्राध्यापक कुट्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने निर्णय

    १ वर्ष पहिले

    असार-४, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोप लागेकाहरूमाथि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने भएको छ।

    चलाउनेमाथि २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतले कुटपिट गरेको आरोप लागेको थियो।

    जिल्ला सरकारी वकिल काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार उनीहरूलाई मुद्दा नचलाउने निर्णय भएको पत्र महान्यायाधिवक्ता कार्यालयबाट आज आएको हो।

    ‘रावल र आचार्यविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला अदालतमा विचाराधीन थियो। आज मुद्दा नचलाउने भनी निर्णय आयो। असार ५ गते यो विषयमा जिल्ला अदालतमा बहस हुन्छ’, न्यौपानेले भने।

    उता उपप्राध्यापक चलाउने भने सरकारको यो निर्णयविरुद्ध आजदेखि नै आमरण अनसन बस्ने जनाएका छन्।