× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    मनकामना गुठी संस्थाकाे धर्मशाला टेण्डरमा बिराेध

    १ वर्ष पहिले

    गाेरखा, मनकामना । गाेरखाकाे प्रसिद्ध मनकामना मन्दिरकाे छेवैमा विगत ५० बर्ष पहिले धर्मशालाकाे आवश्यकता महशुस गरी निर्माण गरेकाे मनकामना गुठी संस्थाकाे धर्मशालालाइ बिगत ३५–४० बर्ष देखि व्यापारीक प्रयाेजनकाे लागी व्यक्तिलाइ भाडामा दिएर धर्मशालालाइ व्यापारिक भवन बनाउदै आएकाे गुठी संस्थान केन्द्रिय कार्यालयले यस पटक पनि मिति २०८० जेठ ३१ गते साे भवन र जग्गालाइ भाडामा दिने सम्बन्धि बाेलपत्र आह्वान भएकाे प्रति स्थानीय जनता, आम जनसमुदाय र श्री मनकामना माइ गुठी परिवारद्धारा घाेर भर्त्सना गर्दै बिराेध जनाएका छन ।

    २०७२ सालकाे भुकम्पले जिर्ण बनाएकाे साे भवनलाइ भत्काएर नयाँ धर्मशाला निर्माण गरी धर्मशाला कै रूपमा सञ्चालन गर्ने भनी स्थानीय बुद्धिजीविहरूले पटक पटक गुठी संस्थानसंग बसेर वार्ता गरेकाे स्थानीय समाजसेवी दिनेश जाेशीले बताए । मनकामना माइ गुठी परिवार र स्थानीय आम जनसमुदायकाे अनुराेध र आग्रहलाइ वेवास्ता गर्दै पुन टेण्डर आह्वान भएकाेले यसमा ठुलै पैसाकाे चलखेल हुनसक्ने भन्दै आवश्यक परे अख्तियारसम्म पनि जाने स्थानीयहरूले हाइवे समाचारलाइ बताए ।

    “चाैतर्फि बिराेध हुदा पनि गुठी संस्था यस बिषयमा माैन बस्नु शंकास्पद देखिन्छ” मनकामना उधाेग बाणिज्य संघका हरि श्रेष्ठले बताए । धर्मशालाकाे बिषयमा एक्यबद्धता जनाउदै कुनै पनि हालतमा धर्मशाला भाडामा नदिने र यसलाइ पुनर्निर्माण गरी धर्मशाला कै रूपमा सञ्चालन गर्ने सबैकाे चाहना रहेकाे समेत श्रेष्ठले बताए ।

    श्री मनकामना माइ गुठीद्धारा मिति २०८० असार २ गते गुठी संस्थानलाइ टेण्डर आह्वान राेक्न पत्राचार गरेका छन । साे पत्रमा यदि पुन व्यापारीक प्रयाेजनकाे लागी भाडामा दिन टेण्डर आह्वान भएमा मनकामना गुठी परिवार र आम जनसमुदाय घाेर भर्त्सना गर्दै कडा प्रतिकारमा उत्रिने चेतवानी समेत दिएका छन ।