× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    जन्ति बोकेको जिप गोरखामा दुर्घटना हुँदा ५ को मृत्यु १२ घाइते ।

    १ वर्ष पहिले

    असार ८, गोरखा ।
    जन्ति बोकेको जिप विहान गोरखामा दुर्घटना भएको छ । गोरखाको सिलिङ कोटगाउ बाट पोखरी डाँडा जन्ति फर्कने क्रममा प्रदेश ३ ०१ ०२३ च २४२७ नम्बरको योद्धा जिप शहिद लखन गाउपालिका वडा नं. ३ अमलडाँडा भन्ने ठाउमा गाडी दुर्घटना भएको हो ।

    दुर्घटनाकामा ५ जनाको मृत्यु र १२ जना घाइते भएको प्रहरीले जनाएको छ । जिप सडकबाट झण्डै २ सय मिटर तल खसेको अवस्थामा छ ।

    १२ जना घाइतेहरुको उद्धार गरी उपचारको लागि आँबुखैरेनी स्थित विभिन्न अस्पताहरु पाठइएको प्रहरीले जनाएको छ । दुर्घटनाको जानकारी पछि प्रहरी चौकी मनकामनाको टोली र स्थानीयहरुले उद्धार गरेको थियो ।

    घटनास्थलमा उद्धारको लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीहरु उद्धार कार्यमा खटिएका छन् । राति ठुलो वर्षा भएको कारण बाटोको अवस्था ठिक नहुँदा दुघएटना भएको हुन सक्ने अनुमान गरिएको छ ।