× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बजेटको विषयमा विपक्षी दलहरुले असन्तुष्टि राख्दै अवरुद्ध गरेको बागमती प्रदेशसभा बैठक सुरु

    १ वर्ष पहिले

    असार-१३, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित विपक्षी दलहरुको अवरोधका कारण अवरुद्ध रहेको बागमती प्रदेशसभाको बैठक सुरु भएको छ । मंगलबार अपरान्न ४ बजेबाट एमाले र राप्रपाको अवरोधका कारण बस्न नसकेको बैठक सरकारसंगको सामान्य सहमतिपछि सुरु भएको हो ।

    बजेटमाथि असन्तुष्टि राख्दै संसदमा अवरोध गरेको एमाले र राप्रपाले सरकारसँग आफ्ना मागहरु राख्न संसद सञ्चालनको सहमति गरेको जनाइएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलकाअनुसार सरकार समक्ष प्रमुख प्रतिपक्ष दल सहित अन्य विपक्षी दलहरुको आ–आफ्नो माग र भनाई राख्न सदन सञ्चालनको सहमति भएको हो ।

    बैठकमा एमालेसहित राप्रपा र नेमकिपाका संसदीय दलका नेताले आ–आफ्नो धारणा राख्ने उनले बताए । दलका नेताको सम्बोधनलगत्तै बैठक स्थगित गरिने उनको भनाई छ । सरकारले गरेको बजेट संशोधन नगरेसम्म बैठक चल्न नदिने उनको भनाई छ ।