× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    २८ घण्टा पछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

    १ वर्ष पहिले

    असार-१५,पहिरो खसेपछि अवरुद्ध वनेको नारायणगढ–मुग्लिन सडक २८ घण्टापछि खुलेको छ।

    चितवनको इच्छाकामना गाउँपालिका-५ मुग्लिन देखि २ किलोमिटर नारायणगढ तर्फ तुईन खाेला नजिक तीन नम्बर पुलमा सुक्खा पहिरो खसेपछि बिहीबार दिउँसोदेखि बन्द भएको सडक २८ घण्टा पछि खुलेको हो।

    मुग्लिन नारायणगढ सडक खण्डमा खसेकाे पहिराे हटाउन सडक डिभिजन भरतपुर डिभिजन प्रमुखको नेतृत्वमा ईन्जिनियर, सब ईन्जिनियर, डिभिजनको ३ वटा मेशिन र अन्य २ वटा मेशिन सहितका अपरेटर, सुपरभाइजरकाे टाेलिद्वारा हिजाे दिउँसोदेखि आजसम्म अनवरत पहिराे पन्छाउने प्रयास पश्चात पहिरो पन्छाउने सफल भएको हो ‌।

    पटकपटक माथिबाट ढुंगा खस्ने क्रम नराेकिएका कारण पहिराे पन्छाउन कार्य ढिला भएको इलाका प्रहरी कार्यालय मुग्लिन प्रमुख प्रहरी निरीक्षक बिशाल तामाङले हाइवे समाचारलाई बताउनुभयो।

    देशको सबैभन्दा व्यस्त राजमार्गमा २८ घण्टा लामो समय सडक अबरुद्ध हुँदा पहिरोको दुवै तर्फ सवारी साधनको लामो लाम लागेको हुँदा सवारी चालकलाई ट्राफिक नियम पालना गरि आफ्नो लेनमा सवारी चलाउन तथा जथाभावी ओभरटेक नगर्न प्रहरी निरीक्षक तामाङले अनुरोध गर्नुभएको छ।