× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बर्षाका कारण देशको विभिन्न नौ वटा राजमार्ग अवरुद्ध

    १ वर्ष पहिले

    असार-१६, बर्षाका कारण देशको विभिन्न स्थानमा बाढी पहिरो क्षति हुँदा देशका विभिन्न भूभागका नौ वटा राजमार्ग अवरुद्ध भएका छन्।

    वर्षाका कारण पहिरो जाँदा नारायणगढ-मुग्लिन सडक शनिबार बिहानैदेखि अवरुद्ध भए सडक हाल पहिरो पन्छाएर सवारी एकतर्फी मात्र संचालनमा आएको छ।

    यसअघि पनि पहिरो जाँदा २८ घन्टा अवरुद्ध भएको थियो। पहिरो पन्छाएर शुक्रबार साँझ मात्रै सञ्चालनमा आएको थियो।

    अहिले पहिरो पन्छाएर सडक एकतर्फी संचालनमा आएको भएपनि पहिरो स्थलमा स-साना ढुङ्गा झरिरहेको छ। सावधानी अपनाएर सवारी चलाउन सडक विभागले अनुरोध गरेको छ।

    त्यस्तै, मेची राजमार्ग, तमोर करिडोर र कोशी राजमार्ग एक सातादेखि अवरुद्ध छन्। बाढी र पहिरोले सडकमा क्षति पुर्‍याएकाले यातायात अवरुद्ध रहेको सडक विभागले जनाएको छ।

    विभागका अनुसार आज बिहानदेखि मात्रै पाँच वटा रागमार्ग अवरुद्ध भएका छन्।पाल्पाको धैरेनीमा सडक अवरुद्ध हुँदा मेची रागमार्ग, प्युठानको सिमलचौरमा सडक अवरुद्ध हुँदा भालुवाङ-लिवाङ-रोल्पा सडक, म्याग्दीको तातोपानीमा सडक अवरुद्ध हुँदा तानसेन-रिडी-कोरला राजमार्गमा यातायात सञ्चालन हुन सकेको छैन।

    त्यस्तै, पाल्पाको शेरामा सडक अवरुद्ध हुँदा सिद्धार्थ राजमार्ग र सल्यानको कपुरकोटमा पहिरो जाँदा राप्ती राजमार्गमा बिहानैदेखि यातायात सञ्चालन हुन सकेको छैन।

    सबै स्थानमा पहिरो पन्छाउने काम भइरहेको सडक विभागले जनाएको छ। केही स्थानमा छिट्टै एकतर्फी भए पनि यातायात सञ्चालन गर्ने प्रयास भइरहेको छ भने केही स्थानमा समय लाग्ने जनाइएको छ।