× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    १ वर्ष पहिले

    असार-१८, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले आजै राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल तथा डिजेल/मट्टितेलमा मूल्य घटाएको हो।

    निगमले पेट्रोल ७.५०, डिजेलमा ६ रुपैयाँ र मट्टितेलमा ५ रुपैयाँ घटाएको जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने घटाएको छैन।

    निगमले तीन वर्गमा विभाजन गरेर मूल्य घटाएको छ। निगमले अब क्षेत्र अनुसार फरक फरक मूल्य तय गरिने पनि जनाएको छ । यसमा पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, वीरगञ्ज, अमलेखगंज, भलवारी, नेपालगञ्ज र धनगढी रहेका छन। त्यस्तै दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङ्ग पर्छन भने तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायल छन।

    यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा एक सय ४७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका क्षेत्रमा एक सय ४९ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा एक सय ५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।

    साथै हवाइ इन्धन तर्फ पनि मूल्य घटाउको छ । आन्तरिकतर्फको हवाई इन्धनमा प्रति लिटर १४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको खुद्रा बिक्री मूल्यमा प्रति किलो लिटर ११५ डलर घटाएको निगमले जनाएको छ।

    इन्डियन आयल कर्पोरेसन लिमिटेडबाट असार १६, २०८० मा प्राप्त नयाँ खरिद मूल्यसूचीका सन्दर्भमा निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।