× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    भाटभटेनी, मीन बहादुर गुरुङ, मार्क जुकरबर्ग र फेसबुक।

    १ वर्ष पहिले

    -राम बहादुर लामा

    मानौ फेसबुकका संस्थापक मार्क जुकरबर्ग कुनै साईबर क्राईममा दण्डित भयो भने उनले स्थापना गरेको  फेसबुक साईट चलाउन छोडलान त यस्का प्रयोगकर्ताहरुले । अह त्यस्तो लाग्दैन । अहिले करिब करिब मार्क जुकरबर्ग र फेसबुक फरक मान्छन्, प्रयोगकर्ताहरुले । त्यसको जरोकिलो तिर मानिसहरुलाई चासो र सरोकार हुदैन ।  मार्क जुकरबर्ग फेसबुकका  फाउण्डर हुन भने फेसबुक साईट सारा प्रयोगकर्ताहरुको रुचाएको सामाजिक संञ्जाल। यसै गरी मानौ भाटभटेनी सुपर मार्कटका संस्थापक मीन बहादुर गुरुङ सरकारी कागज कीर्ते काण्डमा दण्डित ठहरियो भने भाटभटेनी चेन स्टोरमा किनमेल गर्न छोडलान त ? अहँ, त्यस्तो लाग्दैन । मीन बहादुर गुरुङ भाट-भटेनी सुपर चेन स्टोरका संस्थापक र संचालक हुन् । भाट-भटेनी चेन सुपर मार्केट आजको नेपाली आम उपभोक्ताहरुले किनमेल गर्न रुचाएको पहिलो नम्बरको सुपर मार्केट हुन् । आजका उपभोक्ताले भाटभटेनीले कायम गरेका ब्यबसायिक बिश्वसनियता र सेबा सुबिधाको स्ततरियतालाई हेर्छन् नकी यस्का संस्थापक मीन बहादुर गुरुङको नालीबेली खोतल्न रहर गर्छन् । प्रस्तुत लेखको बिषयलाई यी दृष्टान्त र प्रसंगबाट रेखाङकन गरी बिश्लेषण गर्दा लेखको बिषय र बिशेषतालाई बुझ्न मदत पुग्छ । अब लागौ मूल सवालतिरः  

    ललिता निबास प्रकरणले अहिले सबैको ध्यान खिचेको छ । अपराधमा संम्लग्न ब्यक्तिलाई आरोप प्रमाणित भए पश्चात अपराध अनुसार दण्ड जरिबाना र सजाय हुनुपर्दछ भन्ने कुरामा कसैको दुई मत हुनै सक्दैन तर आरोपित रहदै अनुसन्धान चल्दैमा आफूलाई मन नपरेका आरोपित जति सबै अपराधी हुन्, उनका ब्यबसायिक तथा ब्यक्तिगत मान, प्रतिष्ठा र कीर्तित्वलाई धुलोपीठो पारी गिराउनु पर्दछ भन्ने प्रकारको अतिबादी सोच सही होईन । खास गरेर भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरुङ र उनको सुपर मार्केट चेन स्टोर उपर लक्षित आक्रमण र दृश्य अदृश्य कोणबाट कायम गराउन खोजेको गलत बिश्लेषणबाट नेपाली समाजमा एक मूल प्रश्न खडा भएको छ। भूईतहबाट संघर्ष गर्दे आफ्नै बलबुतामा ब्यबसायिक घरानाको उचाई छुन सफल एक साधरण नेपालीको संर्घष र उनको सफलताको गाथालाई नकारात्मक नजर र पाखानै लगाउनु पर्ने पाराले ब्यबहार गर्न थालेको देख्दा नेपाली समाजमा गलत भाष्यको निर्माण गर्न खोजेको त होईन भन्ने शंका हुन्छ । खास गरेर सामाजिक संजालमा ब्यस्त नयाँ पुस्ता, पौरख र पौरखीलाई शत्रु देख्ने शासकको तलुवा चटुवा भुईफुट्टा बर्ग, सबै राम्रा कुराहरु नराम्रै देखिन्छन भन्ने मान्यता बोक्ने परजीबी बुद्धिजीबीहरु यस मामिलामा बढीनै नकारात्मक र निन्दक देखिन्छन् । कल्पना गरौ के मार्क जुकरबर्ग कुनै काण्डमा मुछियो भन्दैमा उनले खडा गरेको फेसबुक काम नलाग्ने रद्धीको कबाडी ठहरिन्छ? के ज्याक मा कुनै करकाण्डमा दण्डित भयो भने उनले तयार पारेको अलिबाबा निकाम्मा मान्न मिल्छ? के एलन मस्क कुनै आर्थिक घोटलामा संलग्न देखियो भने उनले चलाएको टेस्ला कम्पनी काम नलाग्ने पत्रु कागजको थुप्रो मान्न मिल्छ? प्रश्नहरु सहजै सोझिन्छ। ब्यक्ति र उनले खडा गरेका  कर्पौरेट ईन्टिटि (ब्यबसायिक संस्था) फरक कुराहरु हुन् । ब्यक्ति एउटा जैबिक सिर्जना हुन भने ब्यबसायिक भौतिक सिर्जना हुन् । यिनका आधारभूत कुराहरुनै भिन्न र फरक हुन्छन् । त्यसैले त कर्पोरेट कर्पोरेशनहरु बैधानिक आचारसंहिता र संस्थागत नीति र बिधिमा संचालित र विकसित गरिएका हुन्छन् । अहिले भाटभटेनी सुपरमार्केटको संचालक पक्राउ पर्दैमा भाटभटेनी सुपर मार्केटको ब्यबसायिक भबिष्य उपर नै ग्रहण लाग्यो भन्न मिल्दैन । भाटभटेनी सुपरमार्केटले नेपाली अर्थतन्त्रको विकास र विस्तारमा पुर्याएको योगदानलाई कम आक्न मिल्दैन । एकथरी धमिलो पानीमा माछा मार्न उद्यत अवसरबादी निन्दक ब्यापारीहरु भाटभटेनी सुपर मार्केटलाई बजारबाट बिस्थापन पार्न सके आफ्नो बर्चस्व कायम गर्न सकिन्छ कि भन्ने ताकमा जोखना हेरेर बजार हल्लालाई झन बढी उत्तेजित तुल्याउन खोजेको पाईन्छ । मीन बहादुर गुरुङलाई मात्र होईन उनको ब्यबसायमा प्रत्यक्ष संलग्न परिवारका अन्य सदस्यहरुलाई समेत मुछेर यो काण्डलाई भाटभटेनी सुपर मार्केटको भौतिक अस्तित्वको नाम निशान मिट्ने मशानघाटको रुपमा कसरी विकसित गर्न सकिन्छश् ? भन्ने ध्याउन्नामा दौडेको समेत पाईन्छ । भाट-भटेनी सुपर मार्केटको ब्यबसायिक सफलताको गाथा केबल मीन बहादुर गुरुङको मात्र सफलता मान्न सकिदैन । सो चेन सुपर मार्केटमा कार्यरत हजारौ श्रमिक, तिनका आश्रित परिबार, सामान सप्लाई गर्ने भेण्डर, उत्पादक र किनमेलमा सरिक लाखौ उपभोक्ताहरुको पनि सफलता हो । राज्यलाई करौडौ कर तिर्न सक्षम बनाउन भाट भटेनीलाई बिभिन्न कोणबाट साथ र सहयोग दिने सरकारी संयन्त्र, ऋण पत्याएका बैकको पनि सफलता हो । भाट भटेनी जस्तै सुपर मार्केटको ब्यबसाय पछ्याएका यो मुलुकका हजारौ नवप्रबेशी उद्यमीहरुको पनि सफलता हो । पर परदेशबाट पनि भाट भटेनीको सफलता देखेर प्रेरित र प्रभाबित हुने लाखौ प्रबासी नेपालीले बुन्ने अनगिन्ती सपनाहरुको खोजीको पनि सफलता हो । एउटा काण्डमा आरोपित रहदैमा भाटभटेनी उपर बनीबनाउ रुपमा बुन्न लागेको आरोप र सत्तो सरापले यो सफलताको अन्त्य गराउने प्रयत्न कसैले गर्नु हुदैन। भला भोली यो मुद्धाको किनारा अवश्यमय लाग्ने नै छ । यसो भनिरहदाँ म मीन बहादुर गुरुङ शुद्ध हुन वा छ्न् भनेर जिकिर पनि गर्दिन, वा उनी दोषी हुनै सक्दैन भनेर एकल जिरिह पनि गर्दिन । यी सबै पहलूको सत्य तथ्यको अन्तिम फैसला गर्ने न्यायलायको माननीय न्यायमूर्तिहरुको विबेकप्रति मेरो अटल बिश्वास छदैछ। तर पौरखी कर्मबीरहरुलाई सत्तो सराप गर्ने, धनी जति सबै भ्रष्ट र दोषी नै हुन्छन् भन्ने निर्माण गर्न खोजिएको गलत भाष्य र चलनको भने म कट्टर बिरोधी भने छु, रहीरहनेछु। 

    एउटै सडकमा एउटै समयमा सगै हिडेका मर्सिडिज कारमा सवार बिनोद चौधरी चाहि खत्तम, स्कुटरमा बत्तेका गल्फ रिटर्नी बिनोद नेपाली चाहि असल मान्ने प्रचलनले हामीलाई सही बाटोमा पुर्रयाउदैन भन्न मात्र खोजेको हुँ । भला हामी त्यही दृश्य देखेर अरुलाई बताउदा नकारात्मक सन्देश जाने गरी ब्याख्या गर्छौ तर स्वंय आफूले ग्रहण गर्दा चाहि काश म पनि बिनोद चौधरी जस्तै बन्न पाए भन्ने भाबले रोमाञ्चित हुन्छौँ । यस्तो डबल स्टाण्डर्ड सोच त्याग्न जरुरी देख्छु ।

    भाट भटेनी सुपर मार्केट स्वंय संचालक नहुँदा निजका हकदारले वा निजका ब्यबसायी अंशियारले अघि बढाउला नै । संस्थागत सुशासनको स्थापित मूल्य र मान्यता अनुरुप नै । यसो पनि गर्न सकिएन भने यति सफल र लाखौ ग्राहकको भर र भरोसा जित्न सफल सुपर मार्कट स्वंय ती लाखौ ग्राहकहरुले नै खरिद गरेर कम्पनी मातहत संचालन पनि गर्लान् । सवाल सो संस्थाको संचालन होईन, गलत भाष्य निर्माण गर्न उद्यत मौकाबादी र क्षणिक उत्तेजनामा रमाउने प्रबृत्तिको अन्त्यको हो, नेपाली उद्यमशिलता विकासमा एउटा मानक खडा गरेका भाटभटेनीको कीर्तित्व र पौरखको संरक्षण र सम्मानको पनि हो । कसैको संर्घष गाथा र उनले पाएको ब्यबसायिक सफलतालाई कुनै कालखण्डमा ब्यक्तिले गरेको कार्यको आधारमा अधिमूल्यन वा अबमूल्यन गर्ने चल्तीको चलन सधै सबैको लागि हितकारी ठहर्देन । यो मुद्धाको जीत र हारसँग भाटभटेनीले कायम गरेको ब्यबसायिक प्रतिष्ठालाई दाज्ने वा त्यो सँग मिसाएर तल माथि गर्ने प्रयास र अभ्यास उपयुक्त हुदैन ।   

    Email: info2rblama@gmail.com