× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अदालतबाट तारिख पाएकोले आफु अपराधी भएको बालेनको भनाई

    १ वर्ष पहिले

    असार-२४, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अदालतबाट तारिख पाएकोले आज विशेष दिन रहेको जनाएको छ।

    आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो देशको प्रधानमन्त्री भारतले बनाउछ भन्दा छुट पाएको र भारतको सांस्कृतिक हस्तक्षेपको विरोध गर्दा अदालतबाट तारिख पाएकोले आफु अपराधी भएको लेखेको छ।

    ‘आदिपुरुष’ फिल्म चलाउन पाटन उच्च अदालतले आदेश दिएपछि असार ७ गते शाहले आदेश नमान्ने भन्दै अभिव्यक्ति दिएका थिए। अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए।

    त्यसमा लिखित जवाफ पेश गर्न आदेश पाएका बालेनले तारिख पर्चा बुझेका छन्।

    केहिदिन अगाडि प्रधानमन्त्री प्रचण्डले सार्वजनिक कार्यक्रममा सरदार प्रितम सिंहले आफुलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली जाने गरेको आशय व्यक्त गरेका थिए ‌