× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सृष्टि महर्जनले जितिन् ‘मिस स्टार युनिभर्स २०२३’ को उपाधि

    १ वर्ष पहिले

    असार-२४, दुबईमा आयोजित अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस स्टार युनिभर्स २०२३’ को शिर्ष उपाधि सृष्टि महर्जनले जितेकी छन् । १९ देशका प्रतिस्पर्धीलाईपछि पार्दै उनले उपाधि चुमेकी हुन् । २२ वर्षीया महर्जनले प्रतियोगितामा शीर्षसहित ‘मिस गर्जियस’ र ‘मिस प्राइड अफ स्टार युनिभर्स’को सवटाइटलसमेत हात परेकी छन् ।

    ‘मिस स्टार युनिभर्स २०२३’ शिर्ष विजेता बन्दा निकै खुसी लागेको र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन आफू सफल भएको महर्जनले बताइन् । ‘उपाधि जित्ने लक्ष्यसहित म सहभागी भएको थिएँ । तयारी पनि त्यस्तै थियो’, उनले भनिन् ‘अन्तर्राष्ट्रिय प्रतियोगतिामा सहभागी हुँदै गर्दा नभर्स पनि थिएँ । अन्तत सफलता प्राप्त भयो ।’

    ‘इन्डो इन्टरनेशनल फेसन कार्निभल एण्ड अवार्ड २०२३’ अन्तर्गत आयोजित ‘मिस स्टार युनिभर्स २०२३’मा उनलाई ग्रिनआर्ट मिडियाले ‘मिस स्टार युनिभर्स नेपाल २०२३’ ताज सहित पठाएको थियो । कार्यक्रममा ‘मिसेस स्टार युनिभर्स २०२३’ को तर्फबाट नेपाली जोया बुढाथोकी सहभागी थिइन् । उनले भने प्रतियोगितामा ‘मिस ब्युटिफुल बडी’को उपाधि हात पारिन् ।

    कार्यक्रममा अवार्ड तर्फ सहभागी फेसन मेकअप आर्टिस रश्मि श्रेष्ठ र व्यवसायी परिन्दा श्रेष्ठ ‘परी’ले आआफ्नो विधामा अवार्ड हात पारे । होटल ब्रिस्टल दुआबीमा आयोजित कार्यक्रममा डा. बु .अब्दुला, बलिउड सेलिब्रेटी आफताब शिवदासानी लगायतले विजेतालाई ताज लगाइदिएका थिए । प्रतियोगिताको निर्णायकमा अनिला श्रेष्ठ (मिसेस युनिभर्स नेपाल २०१९), सुधा एक (वनर सुधा भेन्चर्स), इशा पफरहा कुरैशी, हनिफ शेख, अरविन्द लिम्बावली लगायत रहेका थिए ।