२ वर्ष पहिले
असार २९, चितवन
एका विहानै चितवनमा बस दुर्घटना भएको छ । काकडभिट्टा देखि पोखरा तर्फ आउदै गरेको प्र. ०१ ००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस भ.न.पा. वडा नं. २९ अन्तरगत १४ किलोबाट त्रिशुली नदी तर्फ खसेर दुर्घटना भएको हो । बस सडकबाट झण्डै १० मिटर तल त्रिशुली नदी तर्फ खसेको तर बिचमा रहेको रुखमा बस अड्कीएकोले ठुलो क्षति हुनबाट भने बचेको छ । बसमा सवार ४० जना सबैको उद्दार घाइते भएका १९ जनालाइ उपचारकाे लागि भरतपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।