× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना

    १ वर्ष पहिले

    श्रावण-१,जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    विभागका अनुसार हाल देशभर आंशिक देखी सामान्य बदली रहेको छ। गण्डकी प्रदेशका केही साथै कोशी, बागमती र कर्णाली प्रदेशका थोरै लगायत बांकी प्रदेशका एक-दुई स्थानहरूमा हल्का देखी मध्ययम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रहनेछ। मधेश प्रदेशका थोरै बांकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जन, चट्याङ्ग सहित भारी वर्षा को समेत सम्भावना रहेको छ।

    यस्तै, राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। मधेश प्रदेशका एक-दुई, कोशी र बागमती प्रदेशका थोरै तथा बांकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जन, चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।