× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    वडा अध्यक्ष तेजबहादुर शेरचनको आफ्नै खर्चमा मुग्लिन चोकमा राष्ट्रिय झण्डा राखियो

    १ वर्ष पहिले

    श्रावण-३, चितवनको इच्छाकामना गाउँपालिका वडानं ५ मुग्लिन बजारको मुख्य चोकमा राष्ट्रिय झण्डा राखिएको छ।

    देशकै अति ब्यस्त पृथ्वी राजमार्गको मध्यभागमा रहेको मुग्लिन बजारको चोकैमा इच्छाकामना गाउँपालिका वडा नं ५ का वडाअध्यक्ष तेजबहादुर शेरचनले आफ्नो तलब भत्ता बापतको रकमबाट सो झण्डा राखेको हो।

    मर्स्याङ्दी शिक्षा सदन इङ्लिस मुग्लिनको कक्षा १ मा अध्ययनरत टिकटकमा भाइरल भएका ७ वर्षका अलविन मगरले झण्डोत्तलन गरिएको कार्यक्रममा सो स्कूलका शिक्षक तथा विद्यार्थीहरु उपस्थित रहेको थियो।

    यस अघिपनि आफ्नो तलब भत्ता बापतको रकमबाट गरिब परिवारको स्वास्थ्य विमा, आगलागी पिडितको घर बनाउने, मुग्लिन चोकको संरक्षण गर्ने, गरिब चेपाङका बालबालिकालाई पढाउन रकम खर्चेका थिए।