१ वर्ष पहिले
श्रावण-१०, माडी नगरपालिका वडा नं. ८ र ९ जोड्ने घाँघर खोलामा बुधबार आएको बाढीले बस बगाएको छ ।
माडी नगरपालिका ८ र ९ को सिमानामा पर्ने घाँघर खोला तर्दै
गरेको ना ४ ख १९४७ नम्बरको बसलाई बाढीले बगाएको हो ।
बगई बसपार्कबाट करिब ९ः२५ बजे छुटेको छाहारी यातायात प्रा.लीको बस भरतपुर जाने क्रममा ११:१० बजे खोलामा फसेको थियो । बसमा सवार ५ सबै जना यात्रुहरुलाई सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारी अनुसार खोलामा बस फसेपछि निकाल्ने क्रममा खोलाले बसलाई पल्टाएको हो । खोलाले बगाएको बस घटनास्थलमा नै रहेको उनले बताए ।
नारायणगढ माडी ठोरी हुलाकी सडक अन्तरगत घाँघर खोलामा पुल निर्माण सुरु भई ३ वटा स्पान ढलान भइसकेपनि बाँकी काम अधुरै रहँदा सबै सवारीसाधन खोलामै हेलिएर वारपार गर्नुपर्ने अवस्था रहेको छ ।