१ वर्ष पहिले
श्रावण-२०, विद्यार्थीहरुमा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिले दुईदिन नगरक्षेत्रभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । नगरपालिकाले सार्वजनिक सूचना जारीगर्दै नगरक्षेत्र भित्रका संस्थागत विद्यालय र कलेजहरुमा दुईदिन पठन पाठन बन्दगर्ने निर्णय गरेको जनाएको छ ।
२१ गते र २२ गते दुई दिन नगरक्षेत्रभित्रका सम्पूर्ण संस्थागत विद्यालय र कलेजको पठन पाठन बन्दगर्न सम्बन्धित विद्यालय तथा कलेजहरुलाई विज्ञप्ति मार्फत भनिएको छ ।
पछिल्लो समय चितवनका बालबालिकाहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । विभिन्न वडाबाट विद्यार्थीहरु स्कुल,कलेजमा आउँदा अझै यो समस्या बढ्न सक्ने भन्दै नगरपालिकाले हिउदे, वर्षे विदाबाट कट्टाहुनेगरी दुई दिन शैक्षिक संस्था बन्दगर्ने निर्णय गरेको हो ।