× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आँखा पाक्ने रोगका कारण भरतपुर र रत्ननगरका शैक्षिक संस्था बन्द हुने

    १ वर्ष पहिले

    श्रावण-२१, आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले भोलिदेखि शैक्षिक संस्था बन्द गर्ने भएका छन् । भरतपुर महानगरले साउन २६ गतेसम्म बिदा दिन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ ।

    एडिनो भाइरसको संक्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । यस रोगको प्रकोपले बालबालिकाहरु बढी प्रभावित भएका छन् । विद्यालयमा समेत संक्रमणको असर बढ्दै गएकाले विशेषज्ञको परामर्शका आधारमा हिँउदे र वर्षे विदाका मिलान गर्नेगरी पाँच दिन शैक्षिक गतिविधि नगर्ने निर्णय भएको महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताए ।

    रत्ननगरले भने संस्थागत विद्यालय (कक्षा १२ सम्म सञ्चालन भएका)लाई साउन २४ गतेसम्म पठनपाठन रोक्न निर्देशन दिएको छ । सामुदायिक विद्यालयहरु बर्षे विदामै रहेकाले संस्थागत विद्यालयलाई बिदा गर्न निर्देशन दिइएको नगर शिक्षा अधिकारी बद्रिनारायण शर्माले बताए । बिदाको सुचना जारी गर्नुपहिला आँखाको सुरक्षा सम्बन्धि सचेतना दिन पनि आग्रह गरिएको छ ।