× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रास्वापाले र्‍यापिड एक्सन टिम (र्‍याट) परिचालन गरेको विषयमा मुग्लिन बजार पेजबाट फोटो सहितको पोष्ट गरेको विषयमा प्रशासनको ध्यानाकर्षण

    १ वर्ष पहिले

    श्रावण-२४, सामाजिक सञ्जाल फेसबुकमा मुग्लिन बजार पेजबाट नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाई यातायात व्यवस्थापनका लागि रास्वापाले मंगलबार र्‍यापिड एक्सन टिम (र्‍याट) परिचालन गरेको विषयमा राखेको फोटो सहितको पोष्टको विषयमा जिल्ला प्रशासन कार्यालय चितवनले ध्यानाकर्षण भएको जनाएको छ।

    चितवनका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र पौडेलले नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाई सडक सुचारु गर्न कुनै अमुक दल वा संगठनको सहयोग नलिईएको बताएका छन् । सिडिओ पौडेलले आज एक सूचना जारी गरी अमुक दल वा संगठनको सहयोग लिन सुरक्षा निकायलाई स्वीकृति समेत नदिइएको बताएका छन् ।

    नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाई यातायात व्यवस्थापनका लागि रास्वापाले हिजो(मंगलबार ) र्‍यापिड एक्सन टिम (र्‍याट) परिचालन गरेको थियो । उक्त टिमका सदस्यले सञ्चारको साधन वाकीटकी प्रयोग गरेको देखिएकाले उक्त सञ्चार साधनको स्वीकृति र दर्तावाल हो वा होइन भनेर छनविन गर्न निर्देशन दिइएको पौडेलले बताए ।

    ‘उक्त संचार साधन स्वीकृति र दर्तावाल हो होइन छानविन गर्न प्रहरीलाई निर्देशन गरिसकिएको व्यहोरा समेत जानकारी गराउँदै विपदका यस्ता घटनाको राहत उद्धार र व्यवस्थापन गर्न सुरक्षा निकाय लगायत राज्यका अङ्गहरु सक्षम रहेको जानकारी गराउँदछौ’, सूचनामा भनिएको छ ।

    ठुला विपदका घटनाहरुमा राजनीतिक दल, नागरिक समाज लगायत आम सर्वसाधारण नागरिकबाट कुनै दल विशेष वा संगठनको परिचय बिना विशुद्ध स्वयंसेवी राहत उद्धारकर्मीको रुपमा जिल्ला र स्थानीय विपद व्यवस्थापन समितिको स्वीकृति र खटिएका सुरक्षाकर्मीको समन्वयमा उद्धारमा खटिन सकिने पौडेलले बताएका छन् ।