× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति इच्छाकामनाका निजी तथा आवासीय विद्यालयहरुको आपत्ति

    १ वर्ष पहिले

    श्रावण-२४,सरकारले ल्याएको शिक्षासम्बन्धी विधेयकप्रति आपत्ति जनाउँदै इच्छाकामनाका निजी तथा आवासीय विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् ।

    निजी तथा आवासीय विद्यालयका छाता संगठन प्याब्सन इच्छाकामना एकाईले आज इच्छाकामना गाउँपालिकाको शिक्षा शाखा प्रमुख शिक्षा अधिकृत दुर्गादेवी खड्कालाई ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन् ।

    सो अवसरमा प्याब्सन इच्छाकामनाका फोकल पर्सन टंक त्रिपाठी, प्याब्सन चितवनका जिल्ला सदस्य राम थापा लगायत इच्छाकामनाका अन्य निजी विद्यालयका प्रतिनिधिहरु उपस्थित रहेका थिए।

    ज्ञापनपत्रमा भनिएको छ “प्रस्तावित विधेयकले ५ वर्षभित्रमा निजी लगानीका विद्यालयले आफ्ना सम्पूर्ण दायित्व फरफारक गरी शैक्षिक गुठीमा रुपान्तरित हुनुपर्ने बाध्यात्मक प्रावधान समावेश गरिनु संविधानको भावना विपरित, अब्यवहारीक र दूराशययुक्त रहेको पत्रमा उल्लेख छ।”