× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    १०० किलो भनिएको सुनको तौल जोख्दा झण्डै ६१ किलो मात्र

    १ वर्ष पहिले

    श्रावण-२९, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको झन्डै एक सय किलो भनिएको सुनको तौल राष्ट्र बैंकले जोख्दा झण्डै ६१ किलो मात्रै भएको छ।

    ब्रेक शुबाट सुन छुट्टयाएर जोख्दा ६० किलो ७८९ ग्राम भएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ।राजस्व अनुसन्धान विभागले साउन तीन गते सिनामंगलबाट सुन सहितको १५५ किलो ब्रेक शु बरामद गरेको थियो।

    त्यतिवेला ब्रेक शु सहितको तौल लिंदा १५५ किलो भएको र सोमबार ब्रेक सु छुटएर जोख्दा ६१ किलो मात्रै भएको टक्सार महाशाखाले जनाएको छ।

    सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सोमबार सुन जोखिएको हो । सुन भोलि मंगलबार गालिने महाशाखाले तयारी गरेको छ। सीआईबी, राजस्व, नेपाल राष्ट्र बैंक र टक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा नै सुन गालिने छ।

    सुन तस्करी प्रकरणको अनुसन्धान १९ दिनसम्म गरेर राजस्व अनुसन्धान विभागले थप छानबिनको जिम्मा सीआईबीलाई लगाएको थियो।

    सीआईबीले संगठित अपराध र राजस्व छलीको कसुरमा यो प्रकरणको अनुसन्धान गरिरहेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमाललेले सुन तस्करी प्रकरणको लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद चल्न दिएको छैन।सिआइबीले मात्रै अनुसन्धान गरेर नपुग्ने भन्दै सरकारले उच्च स्तरीय छानबिन समिति बनाउन एमालले माग गरेको हो।