× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ह्वात्तै बढ्यो

    १ वर्ष पहिले

    श्रावण-३१, नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाएको छ।

    निगम व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १४ रूपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो।

    इन्डियन आयल कर्पोरेसनबाट खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ।

    भारतबाट पेट्रोलमा ३ रुपैयाँ ८५ पैसा र डिजेल तथा मट्टीतेलमा ११ रुपैयाँ २५ पैसा बढेर आएको हो।नयाँ तोकिएको मूल्य मध्यरातदेखि लागू हुने निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

    मूल्यवृद्धि सँगै अब काठमाडौंमा पेट्रोलको मूल्य १७८ र मट्टितेल/डिजेलको मूल्य १६७ रुपैयाँ पुगेको छ।

    यसअघि पेट्रोल प्रतिलिटर १७३ र डिजेल/मट्टितेल १५३ रूपैयाँ थियो।