× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावमा

    १ वर्ष पहिले

    श्रावण-३२, जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको अनुसार कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको सम्भावमा रहेको छ।

    विभागका अनुसार हाल गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आँशिक देखि सामान्य बदली रहेको छ।गण्डकी प्रदेशको धेरै स्थानहरुमा, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन, चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागको केहिस्थानहरुमा र बाँकी भू-भागको थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।साथै कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

    यस्तै, राती देशभर आँशिक देखि सामान्य ,बदली रहनेछ। कोशी, मधेश र गण्डकी प्रदेशको केहि स्थानहरुमा तथा बाँकी थोरै स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन,चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।