× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सकिना महर्जनले जितिन् मिस नेवाः नेपाल’ ११४३ उपाधि

    १ वर्ष पहिले

    भदौ-६, नेप्लिज फेसन होमको आयोजनामा भएको नेवा समुदायका युवतीबीचको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ को उपाधि सकिना महर्जनले जितेकी छिन् ।

    कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको फिनालेमा मिस नेवाः नेपालको उपाधि सकिनाले जितेकी हुन् ।

    १७ युवतीले अन्तिम स्पर्धा गरेको १७औं संस्करणको मिस नेवाः नेपालअन्तर्गत, फ्रष्ट रनरअपको उपाधि ऋषिदा श्रेष्ठ र सेकेन्ड रनरअपको उपाधि मिनाशा मर्हजनले जितेका छन् ।

    मिस नेवाः नेपालको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले नेवारी कला, भाषा, संस्कार र संस्कृतिको जगेर्ना तथा नयाँ पुस्तालाई हस्तानतरण गर्ने उद्देश्यले १७ वर्षदेखि मिस नेवाः नेपालको आयोजना गर्ने गरिएको बताइन् ।