× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनाका विनय अधिकारीद्वारा गैर आवासीय नेपाल संघ (एनआरएनए) को अध्यक्षमा पदमा उम्मेदवारीको घोषणा

    १ वर्ष पहिले

    भदौ-७, चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारमा घर भई हाल बेलायत निवासी विनय अधिकारीले गैरआवासीय नेपाल संघ (एनआरएनए)को अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

    नेपालमा थुप्रै व्यवसाय सञ्चालन गरिरहेका उनी अहिले बेलायतको क्यामरिज विश्वविद्यालयबाट राजनीतिक तथा सामाजिक शास्त्रमा पीएचडी गर्दैछन् । संघको ११ औं महाधिवेन १७ अक्टोबरदेखि सुरु हुँदैछ ।

    उनले नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको समेत भूमिका रहने भन्दै त्यसमा आफूले पहल गर्ने बताएका छन् । विकासको मूल प्रवाहमा गैरआवासीय नेपालीलाई आवद्ध गर्न राष्ट्रिय योजना आयोगसँग सहकार्य गर्ने उनको भनाइ छ ।

    विदेशमा पढिरहेका विद्यार्थीलाई इन्टरसिपमा नेपाल पठाएर ज्ञान र सीपको उपयोग गर्ने वातावरण बनाउने समेत उनले बताए । आफ्नो उम्मेदवारी निर्वाचनसम्म कायम रहने भन्दै उनले सोही अनुसार निर्वाचनमा होमिएको बताए ।