× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    श्री कृष्ण जन्माष्टमीको अवसरमा कुरिनटारमा तीजगीत प्रतियोगिता हुने

    १ वर्ष पहिले

    भदौ-१०, धादिङ चेली ईच्छाकामना महिला सहयात्रि संस्थाले नजिकिँदै गरेको नेपाली हिन्दु नारीहरुको महान् चाड हरितालिका तिजको अवसरमा भदौ २० गते श्री कृष्ण जन्माष्टमीको दिन कुरिनटारमा वृहत तीजगीत प्रतियोगिता आयोजना गरेको छ।

    धादिङ जिल्लामा माईत तथा घर भएर चितवनको इच्छाकामना गाउँपालिका भित्र बसेकी चेलीहरूको साँझा संस्था धादिङ चेली ईच्छाकामना महिला सहयात्रि संस्थाले परम्परादेखि चलिआएको संस्कृतिको संरक्षण र संवर्धनका साथै नारीहरुको वेदनाको वह पोख्नका लागि सो प्रतियोगिता आयोजना गर्न गइरहेको संस्था कि अध्यक्ष रीता अर्याल नेपालले बताएकी छिन्।

    प्रतियोगितामा जुनकुनै जात जाति वा स्थानका महिला दिदीबहिनीहरु सहभागी हुन सक्ने छन् । प्रतियोगितामा सहभागीहरुले मौलिक तीज गीतको प्रस्तुती गर्दा नेपाली नारी झल्कने पोशाकलाई प्राथमिकता, गीतको भाव, पोशाक, सुर–ताल र नृत्यको मुल्यांकन आधारमा प्रथम, दोश्रो र तेश्रो घोषणा गरिने संस्थाकी अध्यक्ष नेपालले बताइन्।

    प्रतियोगितामा प्रथम हुनेलाई १० हजार, द्धितीय हुनेलाई ७ हजार, तृतिय हुनेलाई ५ हजार र सान्त्वना हुने २ टिमलाई ३ हजार सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिने जनाएको छ ।

    प्रतियोगितामा सहभागीताको लागि टिम दर्ता शुल्क ३ सय तोकिएका छ भने भदौ २० गते बिहान १०:०० बजे भित्र सम्म टिम दर्ता गरि सक्नु पर्नेछ । यस्तै प्रतियोगितामा सहभागी प्रत्येक टिमलाई यातायात खर्च वापत १ हजार रुपैया प्रदान गरिने पनि अध्यक्ष नेपालले बताईन्।

    प्रशिक्षार्थी पत्रकार-दिपिका सिलवाल