× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पाल्पामा गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा ३ जनाको मृत्यु, ५ जना घाइते

    १ वर्ष पहिले

    भदौ-१३, पाल्पाको तानसेन नजिकै गुडिरहेको स्कोरपियो गाडी पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ ।

    लु १ ज ४६०० नम्बरको स्कोरपियो पहिरोमा परेको हो । बिहान गुल्मीको तम्घासबाट बुटवल जाँदै गरेको गाडी तानसेन नगरपालिकाकै जोर्तेमा पहिरोमा पुरिएको थियो । पुरिएर एक महिला र दुई पुरुषको मृत्यु भएको बताइए पनि पहिचान भने हुन सकेको छैन ।

    दुर्घटनामा घाइते भएकालाई उपचारका लागि पाल्पा मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    -फोटो समाजिक सञ्जालमार्फत