× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी

    १ वर्ष पहिले

    भदौ-१६, सिंगापुरको नयाँ राष्ट्रपतिमा भारतीय मुलका नेता थार्मन सानमुगारातनाम भारी मत ल्याएर विजयी भएका छन् । भुँइकटर चुनाव चिन्ह लिएर उठेका उनले ७०.४ प्रतिशत मत ल्याएका थिए ।

    उनका निकटतम दुर्र्र्र्र्र्र्र्र्ई प्रतिस्पर्धीले क्रमशः १५.७२ र १३.८८ प्रतिशत मत ल्याएको सिंगापुरको च्यानल न्यूज एसियाले उल्लेख गरेको छ । च्यानल न्यूज एसियाका अनुसार २४ लाख ८० हजार मतदाताहरुले चुनावमा भाग लिएका थिए ।

    दक्षिण भारतीय राज्य तामिननाडुबाट चार पुस्ता अगाडि उनको परिवार सिंगापुर पुगेको थियो । उनी सिंगापुरका नवौँ रास्ट्रपति भएका हुन् । उनको विजय घोषणा शुक्रबार भएको हो ।

    उनको जितको अनुमान गरिए पनि यो स्तरको जितको अनुमान कसैले नगरेको सिंगापुरका मिडियाहरुले उल्लेख गरेका छन् । ६६ वर्षका नयाँ रास्ट्रपतिको अध्ययन बेलायतको लण्डन स्कुल अफ इकोनोमिक्सदेखी बेलायतको क्याब्रिज र अमेरिकाको हार्भड विश्वविद्यालयमा भएको हो । उनी पूर्वमन्त्री तथा सिंगापुरका गिनेचुनेका अर्थशास्त्री पनि हुन् ।