× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    कुरिनटारमा आयोजित बृहत् तीज गीत प्रतियोगितामा मुग्लिनको नेवाः मिसा पुच प्रथम

    १ वर्ष पहिले

    भदौ -२१, चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा धादिङ चेली इच्छाकामना महिला सहयात्री संस्थाद्वारा आयोजित बृहत् तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

    १९ समूह सहभागी प्रतियोगितामा मुग्लिनको नेवाः मिसा पुच: ३११.५ अंकका साथ प्रथम हुन सफल भएको छ भने प्रगती पाठशाला कुरिनटार २९१ अंकका साथ दोस्रो र सप्तरंगी समूह चुम्लिङटार २८४.५ अंकका साथ तेस्रो भएको छ ।

    यस्तै, २७३.५ अंकका साथ सृजनशील महिला जागरण केन्द्र मुग्लिन र २८३ अंकका साथ छोरी बुहारी समूह पिपलडाडा सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ।

    संस्थाका अध्यक्ष रीता अर्याल नेपालको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिको रुपमा बागमती प्रदेशका प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल, इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, धादिङ बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष विवेक थपलिया लगायतको उपस्थिति रहेको थियो ।

    प्रतियोगितामा पहिलो हुने समूहले रु. १० हजार नगद, दोस्रो हुनेले नगद ७ हजार, तेस्रो हुनेले नगद ५ हजार र सान्त्वना हुनेले नगद ३ हजार मायाको चिनो र प्रमाणपत्र पाएका छन् भने सहभागी प्रत्यक समूहलाई नगद १ हजार र प्रमाणपत्र दिईएको छ ।

    कार्यक्रमको संचालन संस्थाका सदस्य भगवती सिलवालले गरेका थिए भने स्वागत मन्तव्य संस्थाका सदस्य सिता अर्यालले गरेका थिए ।