× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको हृदयघातबाट निधन

    १ वर्ष पहिले

    भदौ-२६, नेकपा एमालेका उपाध्यक्ष समेत रहेका संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्वाङको ७१ वर्षको उमेरमा निधन भएको छ ।

    नेम्वाङको निधन भएको एमाले उपाध्यक्ष विष्णु रिमालले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका हुन् ।

    प्रतिनिधि सभा सदस्य समेत रहेका नेम्वाङको हृदयघातका कारण सोमवार राति झण्डै साढे २ बजेको समयमा निधन भएको नेकपा एमालेका नेताहरुले जनाएका छन् ।

    बालुवाटार स्थित निवासमा हृदयघात भएलगत्तै उनलाइ महाराजगञ्ज स्थित त्रिवी शिक्षण अस्पतालमा लगिएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

    ‘घरमै हृदयघात भएका सुवास नेम्वाङलाई अस्पताल ल्याएपछि राति साढे २ बजे चिकित्सकले मृत घोषणा गरेछन्’ त्रिवी शिक्षण अस्पतालमा रहेका रिमालले भने । नेम्वाङको निधनपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

    २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा इलामबाट विजयी नेम्वाङ नेकपा एमाले संसदीय दलका उपनेता थिए ।

    २०७९ फागुन २५ गते भएको राष्ट्रपति निर्वाचनमा एमालेको तर्फबाट प्रत्यासी थिए ।

    २०६३ सालमा सम्पन्न जनआन्दोलनबाट पुनस्थापित प्रतिनिधि सभाको सभामुख बनेका नेम्वाङ त्यसपछि २०६४ र २०७० सालको संविधान सभाका अध्यक्ष थिए ।

    वरिष्ठ अधिवक्ता समेत रहेका नेम्वाङ प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति समेत बनेका थिए ।