× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मलेखु देखि लोथरसम्म सडक निर्माण गरिने, काठमाडौंबाट चितवनको दूरी ४१ किलोमिटर छोटिने

    १ वर्ष पहिले

    भदौ-२७, चितवन जाने वैकल्पिक मार्गको रुपमा मलेखुदेखि लोथरसम्म सडक निर्माण गरिने भएको छ। यो सडक बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण गरिएको छ।

    एसियाली विकास बैंक (एडीबी)ले तयार पारेको डीपीआर अनुसार सडक बनाउन ८ अर्ब ८६ करोड रुपैयाँ लाग्ने अनुमान छ। यो सडक निर्माण भए काठमाडौंबाट चितवनको दूरी छोटिनेछ। मलेखुदेखि भरतपुरसम्मको दूरी ७८ किलोमिटर छ। तर मलेखुदेखि लोथरसम्मको दूरी भने ३७ किलोमिटर मात्र हो। मलेखु-लोथर सडक बने काठमाडौंबाट चितवनको दूरी ४१ किलोमिटर छोटिनेछ।

    यो सडकमा १४.५५ किलोमिटर ट्रयाक यसअघि नै खोलिसकेको छ। बाँकी २१.९३ किलोमिटर सडकको ट्रयाक खोल्नुपर्ने छ। सडक दुई लेनको बनाउने भनिएको छ।

    यो सडक सुरुङमार्गसहित ३६.४८ किलोमिटर दूरीको हुनेछ। काठमाडौंको कलंकीबाट मलेखुसम्म ६५ किलोमिटर छ। काठमाडौंदेखि भरतपुरसम्मको दूरी १४३ किलोमिटर छ। मलेखु-लोथर सडक निर्माण भएपछि काठमाडौंबाट चितवन पुग्न लगभग १०२ किलोमिटर यात्रा गरे पुग्छ।

    एडीबीले तयार पारेको डीपीआर अनुसार यो सडकमा ३.३६ किलोमिटर दुई लेनको सुरुङमार्ग निर्माण हुनेछ। सुरुङमार्ग १० मिटर फराकिलो र ३.५ मिटरको क्यारिज-वे भएको निर्माण गर्ने भनिएको छ। यस्तै दुई वटा इन्टरसेक्सन पनि हुने डीपीआरमा उल्लेख छ।

    यस्तै यो सडकमा ०.९ मिटरको पाइप कल्भर्ट ७९ वटा, १.२ मिटर पाइप कल्भर्ट २४ वटा, बक्स कल्भर्ट २ देखि २.५ मिटरको १३ वटा, स्ल्याब कल्भर्ट ८ वटा, बक्स कल्भर्ट २.५ देखि ४ मिटरसम्मको २ वटा र डबल सेल बक्स कल्भर्ट २ वटा निर्माण हुनेछ। सडकमा ७ वटा पुल बनाउनुपर्नेछ।

    अहिले मुग्लिन-नारायणगढ सडक हुँदै दैनिक ३ हजार भन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन्। अबको १० वर्षमा सावारीसाधनको चाप बढेर करिब ५ हजार पुग्ने अनुमान छ। यस्तै २० वर्षमा ७ हजार पुग्ने अनुमान गरिएको छ।

    मुग्लिन-नारायणगढ हुँदै यात्रा गर्ने यात्रुले वार्षाका बेला पहिरोका कारण सास्ती भोग्नु पर्ने वाध्यता छ। त्यसैले मलेखु-लोथर सडक राम्रो विकल्प हुने पूर्वाधार विज्ञहरुले बताउँदै बएका छन्।

    सरकारले नाराणगढ-मुग्लिन सडकको विकल्पमा शक्तिखोर-फिस्लिङ सडक निर्माण गरिरहेको छ। यो सडक ४५ किलोमिटर दूरीको छ। तर यसमा समयमै पुल निर्माण हुन सकेको छैन।

    यसैगरी भण्डारा-मलेखु १६ किलोमिटर सडक पनि निर्माण भइरहेको छ। भण्डाराबाट भरतपुर-मुग्लिन-मलेखुसम्मको दूरी १०६ किलोमिटरको दूरी छ। भण्डारा-मलेखु सडक निर्माण सम्पन्नपछि चितवनबाट काठमाडौं आउने यात्रुका लागि दूरी छोटिनेछ।