× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • खेलकुद

    धादिङ्गमा भोली देखि प्रथम अञ्जन स्मृति कप फुटबल प्रतियोगिता हुँदै, मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्ने ।

    १२ महिना पहिले

    असोज ३, धादिङ्ग

    सडक दुर्घटनामा परी अकालमै मोटर साइकल दुर्घटनाका कारण चुम्लिङमा ज्यान गुमाएका धादिङ्गका अञ्जनको स्मृतिमा भब्य फुटबल खुल्ला नक आउट प्रतियोगिता हुने भएको छ ।

    युवाहरुको प्रतिभालाई उजागर गर्दै आफ्नो क्षेत्रवरीपरि रहेका खेलप्रेमी खेलाडिहरुलाई खेल खेलाउने र सडक दुर्घटना हुने बिबिध बिषयहरुमा जानकारी दिई सचेत गराउने उद्देश्यका साथ प्रथम फुटबल प्रतियोगिता गराईएको आयोजकले एक पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।


    अञ्जन सिलवाल स्मृति प्रतिष्ठान, हाईवे स्पोर्टस क्लव र बेनिघाट रोराङ को संयुक्त आयोजनमा हुने उक्त प्रतियोगिताको उद्घाटन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गर्ने भएका छन् ।

    भोली असोज ४ गते देखि सुरु हुने उक्त प्रतियोगिता ४ दिन सम्म संचालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशी प्रथम हुनेलाई ५० हजार, द्वितिय हुनेलाई २५ हजार र सेमिफाइनलमा पुग्ने २ वटा टिमलाई ५/५ हजार, उत्कृष्ट खेलाडीलाइ ३ हजार, उत्कृष्ट गोलरक्षकलाई ३ हजार, उत्कृष्ट गोलकर्तालाइ ३ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।