× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    राहत शिक्षकद्वारा सहमति अस्वीकार, आन्दोलन जारी राख्ने चेतावनी

    १२ महिना पहिले

    असोज-५, विद्यालय शिक्षा विधेयकविरुद्ध आन्दोलनरत शिक्षकहरू विभाजित भएका छन्। काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरूले शुक्रबार सिंहदबारमा सात बुँदे सहमति गरेलगत्तै उनीहरू विभाजित भएका हुन्।

    राहत शिक्षकहरूले सरकार र शिक्षकका प्रतिनिधिहरूसँग भएको सहमति मान्य नहुने भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।

    वार्तामा सहमतिको ड्राफ्ट तयार भएपछि राहत शिक्षकका माग पूरा नभएको भन्दै आन्दोलन जारी राख्ने चेतावनी दिएर उनीहरू सिंहदबारबाट बाहिरिएका थिए।

    ‘महासंघका केही प्रतिनिधि र सरकारबीच सहमति भयो। यो हाम्रो सहमति हैन,’ राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले भने, ‘राहत शिक्षकको विषय सम्बोधन भएको छैन। त्यसैले वार्ताबाट बाहिरिएका हौँ। हामी विज्ञप्ति निकालेर आन्दोलन जारी राख्छौँ।’

    २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरी ऐन बन्नुपर्ने माग वार्तामा राखिएको तर सुनुवाइ नभएकाले बीचमै हिँडेको उनले बताए।