× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सन्दीप लामिछाने र सागर ढकाल आज चीन जाने

    १२ महिना पहिले

    असोज-९, नेपाली क्रिकेट टोलीका दुई स्पिनर सन्दीप लामिछाने र सागर ढकाल आज दिउँसो १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता खेल्न आज दिउँसो चीन जाने भएका छन् । सन्दीप र सागर आज दिउँसो साढे १२ बजे चीनतर्फ लाग्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन्।

    नेपाली क्रिकेट टोली आइतबार नै चीन पुगेको छ । नेपालले बुधबार बिहान मंगोलियासँग खेल्दैछ । सन्दीप आइतबार बलात्कार मुद्धाको जिल्ला अदालत काठमाडौंमा पेशीको कारण सोमबार जाने कार्यक्रम थियो । तर सन्दीप सोमबार मानसिक रुपमा खेल्न नसक्ने अवस्थामा पुगेको भन्दै सन्दीप गएका थिएनन् । चन्द र सचिव पारस खड्काले सोमबार राती सन्दीपलाई भेटेपछि उनी जान तयार भएका हुन् ।

    उता सागर ढकाल स्पिनर ललित नारायण राजवंशीको स्थानमा जानेछन् । बुधबार टियु क्रिकेट मैदानमा अभ्यास खेलमा फिल्डिङ गर्नेक्रममा घाइते भएपछि ब्युटीबोनमा चोटका कारण ललितले एसियाड गुमाउने छन् । उनको स्थानमा सागर आएका थिए । तर भिसा समस्याको कारण सागर पनि टोलीसँग जान पाएका थिएनन् ।

    ‘चीन नजाने भनेपछि सन्दीपलाई हामीले भेट्न बोलाएका थियौं । सन्दीपले मानसिक रुपमा मलाई गाह्रो भयो । यहि कारण खेल खस्किन लाग्यो भन्दै थियो । राज्यको सर्वोच्च अद्धालतले चाँडै गर भन्ने आदेश पनि पालना हुँदैन भने यो पनि दुर्भाग्य हो’, चन्दले भने ।

    समूह ए मा रहेको नेपालले पहिलो खेल मंगोलियासँग बुधबार र आइतबार माल्दिभ्ससँग खेल्नेछ । नेपाल क्वाटरफाइनलमा पुग्न औपचारिकता मात्रै बाँकी देखिन्छ । क्वाटरफाइनलमा बंगलादेश, भारत, अफगानिस्तान, पाकिस्तान र श्रीलंका छन् । विश्वकपको कारण सबै टेस्ट टोलीले आफ्नो दोस्रो रोजाईको टोली पठाएका छन् ।

    क्वाटरफाइनलमा समूह ए, बी र सी बाट शीर्ष तीन टोली आउनेछन् । ड्रबाट क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । नेपालले एसियाली क्रिकेटमा पदकको ठूलो अपेक्षा राखेको छ ।