× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामनामा पनि नगर प्रहरी

    १२ महिना पहिले

    असोज-९, चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाले पनि नगर प्रहरी राख्ने भएको छ ।पालिकाले नगर प्रहरी राख्नका लागि असोज ८ गते सोमबार एक सूचना समेत जारी गरेको छ ।

    सुचना अनुसार विज्ञापन निकालेको १ हप्ता भित्रै महिलाको हकमा १८ बर्ष पुरा भई ४९ बर्ष ननाघेको र पुरुषको हकमा १८ बर्ष पुरा भई ३५ बर्ष ननाघेको जो सुकै नेपाली नागरिकले दरखास्त दिने सकिनेछ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुषालले दिएको जानकारी अनुसार पहिलो चरणमा जवान पदमा २ जना नगर प्रहरी राख्न लागिएको हो ।