× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल प्रहरी परिसर टेकुको हिरासतमा

    १२ महिना पहिले

    असोज-१२, शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसीलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ । उनलाई अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

    केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले काभ्रेबाट पक्राउ गरेको थियो । उनीविरुद्ध निर्माणको तयारीमा रहेको फिल्म ‘रावायण’ युनिटले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दर्ता गराएको छ ।

    फिल्म ‘रावायण’ अभिनयका लागि दश लाख रुपैयाँ लिएको र फिल्म खेल्न आनाकानी गर्दै आएपछि निर्माण युनिटले उनीविरुद्ध ठगीको उजुरी प्रहरीमा दिएको हो । उक्त उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनका कारणले निर्माण युनिटले अहिलेसम्म करिब डेढ करोड खर्च गरिसकेको बताइन्छ ।

    निर्माण युनिटको उजुरीपछि प्रहरीले छलफलमा बोलाउँदा सकेको गर्नुस् भनेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    यसअघि पनि २०७६ फागुनमा महानगरीय प्रहरी परिसर काठमाडौँमा उनीविरुद्ध ठगी गरेको उजुरी परेको थियो । फिल्मस् नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म ‘धूपौरे’ खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि नखेलेर ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

    फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्कीले केसीविरुद्ध जाहेरी दिएका थिए ।अनमोलका पिता भुवनले निर्मातासँगको छलफलमा केस मिलाएका थिए ।