× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सरकारले बढायो पेट्रोलियम पदार्थको मुल्य, खाना पकाउने ग्याँस प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढायो

    १२ महिना पहिले

    असोज-१४, सरकारले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको भाउ बढाएको छ।

    आइतबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धको भाउ बढाएको हो।

    निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ।

    त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ।

    हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रति लिटर करिब ८ रूपैयाँ) बढाएको छ।

    निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

    पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८२ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ।

    त्यस्तै डिजेल र मट्टीतेल एक सय ७६ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८४ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल एक सय ७८ रूपैयाँ पर्नेछ।

    तेस्रो वर्गअन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ एक सय ८५ रूपैयाँ प्रतिलिटर पर्नेछ।

    खाना पकाउने ग्यासको भाउ भने देशभर नै प्रतिसिलिन्डर २१ सय १० रूपैयाँ पर्नेछ।

    त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ७८ रुपैयाँ र तेस्रो वर्गमा एक सय ७९ रुपैयाँ प्रतिलिटर पर्नेछ ।