× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मनकामना केबलकार सेवा असोज १७ गते र १८ गते बन्द हुने

    १२ महिना पहिले

    असोज-१४, मनकामना केबलकार सेवा असोज १७ गते बुधबार र १८ गते बिहीबार बन्द हुने भएको छ ।

    नियमित मर्मत कार्यका लागि २ दिन केबलकार सेवा बन्द हुन लागेको मनकामना दर्शन प्रा.लि.का नायब प्रबन्धक निर्देशक उज्ज्वल शेरचनले बताउनुभयो।

    असोज १९ गते शुक्रबारबाट भने केबलकार नियमित रूपमा सञ्चालन हुने शेरचनले जानकारी दिनुभयो ।

    गोरखास्थित मनकामना मन्दिर क्षेत्र पुग्नका लागि चितवनको इच्छाकामना ४ चेरेस हुदै दैनिक दशाैं हजार स्वदेशी तथा विदेशीहरूले केबलकार प्रयोग गर्ने गर्दछन्।