× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका वरपर असोज २६ र २७ गते विद्युत सेवा अवरुद्ध हुने

    ११ महिना पहिले

    असोज-२५, चितवन जिल्लाको इच्छाकामना र गोरखाको गण्डकी गाउँपालिका वरपर असोज २६ र २७ गते विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

    नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण शाखाले हाईवे समाचारलाई दिएको जानकारी अनुसार ११ केभिए लाईनमा छुन लागेको रुखको हाँगा काट्न बुस कटिङ कार्यको लागी दुई दिन दैनिक ९ घण्टा विधुत सेवा अबरुद्ध हुने भएको हो।

    प्राधिकरणका अनुसार इच्छाकामना गाउँपालिकाको मुग्लिन देखि केबलकार चेरेस, कुरिनटार, चुम्लिङटार, फिस्लिङ,मोवाखोला र इच्छाकामना मन्दिर क्षेत्र वरपर तथा गोरखाको गण्डकी गाउँपालिका अन्तर्गत मकैसिङ, गोर्दी र भुम्लीचोकमा बिहान ७:०० बजे देखि दिउँसो ४:०० बजेसम्म विद्युत सेवा अबरुद्ध हुनेछ।

    तोकिएको समय अगावै काम सम्पन्न भएमा विद्युत सेवा पनि अगावै सुचारु हुने प्रधिकरणले जनाएको छ।