× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    बेसको २१ औ साधारणसभा सम्पन्न

    ११ महिना पहिले

    असोज-२९, भरतपुर इङ्लिस स्कुल सोसाइटी (बेस) को २१ औ साधारण सभा सम्पन्न भएको छ। चितवनको भरतपुर महानगरपालिका एवं अन्य पालिकामा रहेको निजी स्कूलको संगठनको रुपमा रहेको बेसले बडादशैंको शुभकामना आदानप्रदान एवं विभिन्न शैक्षिक व्यक्तित्वहरुलाई सम्मानित गर्दै संस्थाको साधारणसभा सम्पन्न भएको हो ।

    भरतपुरको गुलमोहर होटलमा भएको सो सभाको अध्यक्षता वेसका अध्यक्ष इन्द्रेस शाह एवं प्रमुख अतिथि प्याब्सनका केन्द्रीय समितिका सदस्य मोहन लामा थिए भने विशिष्ट अथिति चितवन जिल्ला प्याब्सनका अध्यक्ष किर्तिनिधि अर्याल, चितवन जिल्ला प्याब्सनका प्रमुख सल्लाहकार टिकाराम चापागाईं, बागमती प्रदेश प्याब्सन सदस्य इन्दिरा कार्की, चितवन जिल्ला प्याब्सनका वरिष्ठ सल्लाहकार श्रीप्रसाद ढुंङ्गाना र अन्य अतिथिहरुमा जिल्ला प्याब्सनका पदाधिकारीहरु, चितवन अभिभावक संघका संयोजक, इष्टु भरतपुरका संयोजक लगायत रहेका थिए।

    सो सभामा २० वर्ष भन्दा धेरै समय एकै विधालयमा प्राचार्य र सह प्राचार्य भएर शिक्षाको क्षेत्रमा योगदान पुर्याउने शिक्षकहरुलाई सम्मान गर्नेुका साथै २०७९ सालको एसईइमा चितवन जिल्लाबाट चार जिपिए ल्याउने बेस अन्तर्गतका ३ विधालयका चार विधार्थीहरुलाई जनही दश हजार पुरस्कार रकम सहित सम्मान पत्र प्रदान गरेका थिए।