× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पत्रकार महासंघ राैतहटका अध्यक्षद्वारा महिलामाथि कुटपिट

    ११ महिना पहिले

    कार्तिक-१, नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झा र उनका छोरा अभिनाश झामाथि प्रहरीमा ज्यान मार्ने उद्योग तथा अंगभंगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

    गौर नगरपालिका- ३ की ४५ वर्षीया सुनिताकुमारी श्रीवास्तवलाई निर्घात कुटपिट गरेको आरोपमा पत्रकार झा र उनका छोरामाथि जिल्ला प्रहरी कार्यालय रौतहटमा मुद्दा दर्ता भएको हो ।

    रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठले पीडित महिलाका श्रीमान मनोज वर्माले पत्रकार झा र उनका छोराविरुद्ध मुद्दा दर्ता गराएको जानकारी दिए । उनले अभिनाश झा पक्राउ परेको र थप अनुसन्धान भइरहेको बताए ।

    कुटिएकी सुनिता नेकपा एमालेकी प्रदेश प्रतिनिधि हुन् । सुनिता र प्रेमचन्द्रकाे घर जाेडिएका छन् । सुनिताले घरकाे भेन्टिलेसन खाेल्दा समस्या भएकाे भन्दै प्रेमचन्द्रले विवाद गर्दै आएका थिए । भेन्टिलेशन नखाेल्ने सहमति ताेडिएकाे भन्दै पत्रकार झा र उनका छोराले सुनितामाथि मरनासन्न हुनेगरी कुटपिट गरेकाे बुझिएकाे छ । सुनिताको अहिले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार जारी छ ।

    घटनापछि पत्रकार झा फरार छन् । उनको खोजी गरिरहेको प्रहरीले जनाएको छ । उनीमाथि मधेश आन्दोलनका बेला भएको ‘गौर हत्याकाण्ड’को आरोपमा समेत मुद्दा दर्ता छ ।