× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने गगन थापाको घोषणा

    ११ महिना पहिले

    कार्तिक-१, सत्ता साझेदार नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (माओवादी)ले सशस्त्र द्वन्द्व शुरू गरेको फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवस नमान्ने बताएका छन्।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले फागुन १ मा सार्वजनिक बिदा दिने २०७९ माघ २९ मा निर्णय गरेको थियो। महामन्त्री थापाले आफ्नो पार्टी सामेल नभएको त्यतिवेलाको सरकारले दिएको सार्वजनिक बिदालाई नमान्ने बताएका हुन्। कात्तिक २ गते काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले यो सैद्धान्तिक विषय भएको जिकिर गरे।

    “यो सरकारको प्रधानमन्त्री माओवादीको अध्यक्ष हुनुहुन्छ। हामी अघिल्लो सरकारमा थिएनौं। यो सरकारले फागुन १ गते जनयुद्ध दिवस मनाउँछु भनेर बिदा दिन्छु भन्यो भने कांग्रेसले हामी गठबन्धनमा छौं, यसलाई मान्छौं भनेर स्वीकार गर्न सक्छ? सक्दैन,” महामन्त्री थापाले भने, “हाम्रा लागि त्यो सैद्धान्तिक विषय हुन्छ। हामी फागुन १ लाई दिवसको रूपमा मान्दैनौं।”

    फागुन १ मा बिदा दिने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा द्वन्द्वपीडितले दायर गरेको रिट विचाराधीन छ।