× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    दसैंको १२ दिनमा मनकामना केबलकारमा ३३ हजार ३४० जनाले गरे यात्रा

    ११ महिना पहिले

    कार्तिक-१०, दसैंको १२ दिनमा मनकामना केबलकारमा ३३ हजार ३४० जनाले यात्रा गरेका छन्। घटस्थापनादेखि त्रयोदशीसम्म यात्रुको संख्या ह्वात्तै बढेको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार बिहीबार एकै दिन ६ हजार ५२२ जनाले मनकामना केबलकारमा यात्रा गरेका छन्।

    ‘बिहीबार (हिजो) बिहानै ६ बजेदेखि मनकामना मन्दिरमा पुजा गर्न जाने भक्तजनको केबलकार गेटमा लाइन सुरु भएको थियो। हामीले उचित व्यवस्थापन गरेर यात्रा गराउन सफल भयौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले दसैंमा नवमी, दशमी र एकादशीमा केबलकार बन्द गरेका थियौं। अब शनिबार कोजाग्रत पूर्णिमासम्म यात्रुको भिड बढी हुन्छ।’

    श्रेष्ठका अनुसार सोह्र श्राद्धमा भारतीय पर्यटकका कारण केबलकारको व्यापार उत्साहजनक रहेको थियो।

    ‘सोह्रश्राद्धमा नेपालीहरु कम आउने गर्छन्। त्यो बेलामा भारतीयहरुको संख्या राम्रो थियो,’ उनले भने।