× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न

    ११ महिना पहिले

    कार्तिक-१८,चितवनको इच्छाकामना गाउँपालिका वडा नं ५ मुग्लिन स्थित मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री माननीय उत्तम जोशीको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा उनले सहकारीलाई उत्पादनमा जोड दिनुपर्ने बताए।

    त्यसैगरी मर्स्याङ्दी बहुउद्देश्यीय सहकारी संस्थाले उज्यालो इच्छाकामनामा गरेको योगदानको चर्चा गर्दै संस्थाको थप सफलताको शुभकामना व्यक्त गर्नुभयो।

    संस्थाका अध्यक्ष किशोर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बागमती प्रदेश का प्रदेश सांसद कृष्णप्रसाद सिलवाल , इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल एवं अतिथिका रूपमा विभिन्न वडाका वडा अध्यक्ष, विभिन्न राजनैतिक दलका प्रतिनिधी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु रहेका थिए ‌।

    संस्थाकी सचिव ज्ञानु पाण्डेले सहकारी संस्थाको प्रतिवेदन तथा कोषाध्यक्ष राधा कंडेलले आर्थिक प्रतिवेदन पेश गरेकी थिइन् ‌।

    आर्थिक वर्ष २०७९/०८० मा संस्थाको सेयर पुँजी ३ करोड ३ ८६ लाख ५९ हजार ८ सय रहेको छ । संस्थाका एक हजार ९ सय ९ जना सदस्य आवद्ध भएका छन् । यस अवधिमा संस्थाको जगेडा कोषमा ४ करोड ९० लाख १४ हजार १ सय ७२ रुपैयाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

    त्यस्तै संस्थाले २९ करोड ५३ लाख ४२ हजार ५ सय २९ रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । संस्थाको कुल सम्पत्ति ३५ करोड ८८ लाख ११ हजार ४ सय २१ रहेको प्रतिवेदनमा उल्लेख छ।

    संस्थाका ब्यबस्थापक कुमार श्रेष्ठले संचालन गरेको कार्यक्रममा संस्थामा आबद्ध उत्कृष्ट महिला समुह, उत्कृष्ट कर्मचारीलाई सम्मान एवं संस्थाका पुर्व कर्मचारीलाई विदाई गरेको थियो।