× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    त्रिवेणी–मनकामना–छिम्केश्वरी–ईच्छाकामनालाई चार धामको रुपमा विकास गरिने ।

    १ वर्ष पहिले

    न्यूज डेस्क।
    मुग्लिङ । सहोदर दिदी बहिनीको नाता सम्बन्ध भएको गोर्खा जिल्लामा पर्ने प्रसिद्ध मनकामना, त्रिवेणी, तनहूँ जिल्लामा पर्ने छिम्केश्वरी र चितवन जिल्लामा पर्ने ईच्छाकामना देवीलाई एक आपसमा जोडी चार धामको रुपमा धार्मिक सर्किटको विकास गर्ने सम्बन्धमा सरोकारवालाहरुको बीच शहिद लखन गाउँपालिका वडा नं ३ त्रिवेणी भगवती परिसरमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी–मनकामना–छिम्केश्वरी–ईच्छाकामना धार्मिक परिपथ निर्माण अभियानका संयोजक सामाजिक अभियन्ता श्री राम बहादुर लामाको सभापतित्वमा र बागमती प्रदेशका सांसद माननीय श्री कृष्ण प्रसाद सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका स्थानीय नेतृत्च, उद्योग बाणिज्य संघका पदाधिकारी, समाजसेवी, धार्मिक ब्यक्तित्वहरु, महिला समूहका प्रतिनिधि, नागरिक समाजका अगुवा, मिडियाकर्मीहरुको ब्यापक सहभागिता रहेको थियो ।

    सो समारोहमा स्वागत् मन्तब्य ब्यक्त गर्दे त्रिवेणी भगवती धार्मिक तथा पर्यटकीय स्थल विकास ब्यबस्थापन समितिका अध्यक्ष श्री सूर्य गुरुङले मनकामना देवीको कान्छी बहिनीको रुपमा परिचित त्रिवेणी भगवतीको विकास र बिस्तारको लागि सबैले साथ र सहयोग दिनु पर्ने कुरा बताएका थिए । यसै गरी मनतब्यको क्रममा ईच्छाकामना मन्दिर ब्यबस्थापन समितिको अध्यक्ष राम प्रसाद बोहोराले चार देबीहरुलाई एकीकृत गरी सामूहिक रुपमा यसको महत्व र परिचयको प्रचार प्रसार गर्न सकेमा यस क्षेत्रमा धार्मिक पर्यटनको बहारनै ल्याउन सकिने प्रचूर सम्भावना भएको बताए । ईच्छाकामना उद्योग बाणिज्य संघका अध्यक्ष कल्यान गुभाजू र मनकामना उद्योग बाणिज्य संघका अध्यक्ष हरि कुमार श्रेष्ठले यी सम्पदाहरुको प्रर्बद्धन र सम्वर्धनको लागि उद्योगी ब्यबसायीहरुको तर्फबाट दरो साथ र सहयोग रहने कुरा सम्बोधनको क्रममा बताएका थिए ।

    यसै गरी शहिद लखन गाउँपालिका वडा नं ३ र १ का वडा अध्यक्षहरु क्रमशः दीपक पाण्डे र प्रेम गुरुङले यस चार धामको विकास र बिस्तारको लागि स्थानीय तहबाट हुने सम्पूर्ण सहयोगको लागि आफूहरु सदैब तयार रहेको कुरा व्यक्त गरेका थिए । सम्बोधनको क्रममा नेकपा एमाले शहिद लखन गाउँपालिकाका अध्यक्ष मनोज कुमार जोशीले राजनीतिक पूर्बाग्रहबाट मुक्त रहेर अघि बढ्न अभियानलाई आब्हान गर्दे मनकामनाका चार दिदी बहिनीहरुलाई मात्र होईन अन्य सात दिदी बहिनीहरुलाई पनि यस अभियानमा सम्मिलित गरी धार्मिक प्याकेजको रुपमा यस अबधाराणालाई मूर्त रुप दिन सकिने बताए । नेकपा माओबादी केन्द्र बागमती प्रदेशका सदस्य प्रताप गुरुङले सम्बोधनको क्रममा राजनीतिक ईच्छाशक्ति रहने हो भने स्थानीय स्तरको पहल र प्रयासमानै थुप्रै कार्य गर्न सकिने बताउदै स्थानीय तहको मातहतमा रहेका बिद्यार्थी, शिक्षक र निजामती कर्मचारीहरुलाई बर्षको एक पटक चारै धार्मिक स्थलमा भ्रमण गर्ने ब्यबस्था मात्र मिलाउदा पनि यस क्षेत्रको विकासको लागि ठूलो मदत पुग्ने धाराणा राखेका थिए ।

    त्रिवेणी भगबतीको जल अर्पण गरे पछि मात्र मनकामना देबीको पूर्ण पूजा हुने यहाँको पुरानो चलनलाई निरन्तरता दिनु पर्ने र ईच्छाकामना, त्रिवेणी र छिम्केश्वरी देवी स्थलमा पर्यटकहरुको सुबिधाको लागि आवश्यक पूर्वाधारको विकास गर्नु पर्ने कुरा आफ्नो सम्बोधनको क्रममा ईच्छाकामना गाउँपालिकाका निबर्तमान उपाध्यक्ष एबं नेपाली कांग्रेस ईच्छाकामना सभापति कृति कुमार श्रेष्ठले बताउनु भयो । प्रमुख अतिथिको रुपमा बागमती प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले यस पबित्र पुण्य अभियानको पूर्ण सफलताको कामना गर्दे आफ्नो मन बचन र कर्मले पूर्ण साथ दिने बताए । भारतको चार धाम बद्रीनाथ केदारनाथकै समान धार्मिक मूल्य रहेको यस धामको उजागर गर्नको लागि डिजिटल प्लेटफर्म सहित सबै संचार माध्यमहरुको अधिकाधिक प्रयोग गर्नु पर्ने र स्थानीय सरोकारवाहरुको सक्रियताको ठूलो महत्व हुने कुरा प्रमुख अतिथिको रुपमा आफ्नो सम्बोधन क्रममा सांसद सिलवालले बताएका थिए ।

    चार धामको बिशेषता औचित्य र महत्वको बारेमा संक्षिप्तमा प्रकाश पार्दे यस क्षेत्रलाई धार्मिक पर्यटनको हबको रुपमा विकास गरेर यहाको समृद्धिको निम्ति रुपान्तरणकारी प्रोडक्टको रुपमा यस अबधाराणालाई अघि बढाएको र सबैको साझा साँझेदारी र सहभागितामा यस अभियानलाई बिस्तारित गरिने व्यहोरा कार्यक्रम बिसर्जनको क्रममा कार्यक्रममा सभापति राम बहादुर लामाले बताएका थिए ।