× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    हरिबोधिनी एकादशी कै दिनमा किन मुग्लिङ पारी  त्रिवेणी थानमा मेला लाग्छ ? कारण र महत्व।

    १ वर्ष पहिले

    – राम बहादुर लामा

    मुग्लिङ। गोर्खा जिल्लाकै सबैभन्दा होचो भूभागको रुपमा परिचित र गोर्खाको प्रसिद्ध मनकामना देबीको कान्छी बहिनी मानिने त्रिवेणी भगबती मन्दिरमा सदा झै यस बर्ष पनि हरिबोधिनी एकादशीका दिन बिबिध कार्यक्रम सहित भब्य मेला लाग्दैछ। पौराणिक गाथा अनुसार श्रापित बिष्णु भगबान श्रापबाट मुक्त भएर शालिग्रामको रुपमा पाषण रुप धारण गरेका थिए। भगबान बिष्णुको पाषड रुपेय शालिग्रामको उत्पत्ति स्थलको रुपमा रहेका मुक्तिनाथ क्षेत्रबाट बगेका कालीगण्डकी र साक्षात शिब भगबानले त्रिशूल रोपण गर्दा उत्पन्न भएका त्रिशुली नदी सहितका अन्य नदीहरु मर्स्याङदी, बूढी गण्डकी, मादी, दरौदी, सेती मिश्रित भई बनेका भगबान बिष्णुको जल स्वरुप नारायणी नदीको शिर त्रिवेणी वेनी भएकोले बिष्णु भगबानको प्रिय दिन कात्तिके हरिबोधिनी ठूलो एकादशीकाे दिन मेला लाग्ने चलन परापूर्बक कालदेखि चलेको पाईन्छ। मर्स्याङदी र त्रिशुली नदीको संगमस्थल समेत भएका कारण यस दिन यस भेगका वरपर रहेका सबै देबीहरु स्वयं स्नान गर्न यहा आउने गर्दछन भन्ने बिश्वास गरिन्छ। शास्त्र अनुसार नै नदीहरुको संगमस्थललाई अति नै पबित्र मानिन्छ। र सो स्थलमा साक्षत भगबानको बास हुने गर्दछन भन्ने बिश्वास गरिन्छ। शास्त्रिय मान्यता र पौराणिक गाथा दुबै दृष्टिकोणले त्रिवेणी वेनीमा अबस्थित त्रिवेणी भगबती थानमा हरिबोधिनी एकादशीका दिन लाग्ने मेलाको उत्कृष्टता र बिशिष्टता झल्किन्छ। यसै महत्वलाई बुझेर नै धर्मभिरु भक्तजनहरु यस दिन मेला भर्न नेपालका कुना काप्चाबाट यस क्षेत्रमा तन्मयतापूर्बक आएको देखिन्छ।

    तावत् गर्जन्ति तीर्थानि, गङ्गाभागीरथी क्षितौ ।

    यावन् नायाति पापघ्नी, कार्तिके हरिबोधिनी ।।

    अर्थात् पृथ्वीमा जहाँसम्म पापलाई नाश गर्ने कार्तिक शुक्लको हरिबोधनी एकादशी आउन्नन् त्यहाँसम्म गङ्गा भागीरथी आदि तीर्थहरू गर्जन्छन् । 

    बिष्णु भगबनाको जल स्वरुप नारायणीको शिर र  साक्षत शिब भगवानले उत्पन्न गरेका त्रिशुली नदी र देब देबादिको बासस्थल हिमबत् खण्डबाट उत्पन्न भई बगेका मर्स्याङ्दी नदीको संगम स्थल त्रिवेणी बेनी भएको कारण यस दिन यहाको घाटमा स्नान गरी त्रिवेणी भगबतीको पूजापाठ गरेमा जुनी जुनीको पाप मोचन हुने कुरा शास्त्रमा बताएको छ। ठूलो  एकादशी दिन व्रत बस्दा हजार अश्वमेध यज्ञ र सात सय राजसूय गरे बराबरको पुण्य प्राप्त हुन्छ ।

    मनकामना देबीलाई पसिना आउदा त्रिवेणीको जल अर्पण गर्दा अनिष्ट रोकियो।

    जनश्रुती अनुसार एकपटक मनकामना माईलाई पसिना आयो। पसिना रोकिएन भने ठूलो प्रलय र अनिष्ट हुने डरले तान्त्रिकहरुले अनेकन पूजा  र न्यास ध्यान गर्दा पनि पसिना रोकिएन। अन्तत त्रिशुली र मर्स्यादी नदीको संगम स्थल त्रिवेणी बेनीको काखमा रहेकी मनकामना देबीकै कान्छी बहिनी त्रिवेणी भगबतीको गर्भ गृहमा रहेको अजश्र जल कुण्डमा रहेको जल लगी स्नान गराउदा मनकामना देबीको पसिना रोकियो। त्यस घटना पछि मनकामना देबीको मुख्य गुठी पूजा गर्दा त्रिवेणीको जल अर्पण अनिबार्य मानिन्छ। र त्रिवेणीको जल अर्पण गरी पूजा गर्दा मनकामना देबीको पूजा बिधिको पूर्ण क्रम पूरा हुने मान्यता रहेको छ।

    त्रिशुली र मर्स्याङ्दीकाे संगम स्थल “त्रिवेणी”

    बिष्णु भगबानको जल स्वरुप नारायणीको शिर त्रिवेणी बेनी भएकोले बिष्णु भगबानको प्रिय दिन हरिबोधिनी एकादशीको दिन मेला लाग्ने प्रचलन शुरु भएको पौराणिक कथन रहेको छ।

    मनकामना माईलाई पसिना आउदा त्रिवेणी भगबतीमा रहेको जलकुण्डको जलले स्नान गर्दा पसिना रोकी ठूलो अनिष्ट हुनबाट जोगिएको कारण त्यस दिन देखि मनकामनाको मुख्य पूजाहरुमा त्रिवेणी देवीमा रहेको जल अर्पण गर्ने चलन चलेको हो। त्रिवेणी भगबतीको गर्भ गृहमा रहेको जलकुण्डबाट जल लगी मनकामना माईको पूजा गर्दा पूजा बिधिको पूर्ण कर्म पूरा हुने मान्यता रहेको छ।

    • – बिष्णु भगबानको जल स्वरुप नारायणीको शिर त्रिवेणी बेनी भएकोले बिष्णु भगबानको प्रिय दिन हरिबोधिनी एकादशीको दिन मेला लाग्ने प्रचलन शुरु भएको पौराणिक कथन रहेको छ।
    • – मनकामना माईलाई पसिना आउदा त्रिवेणी भगबतीमा रहेको जलकुण्डको जलले स्नान गर्दा पसिना रोकी ठूलो अनिष्ट हुनबाट जोगिएको कारण त्यस दिन देखि मनकामनाको मुख्य पूजाहरुमा त्रिवेणी देवीमा रहेको जल अर्पण गर्ने चलन चलेकाे हाे ।
    • – त्रिवेणी भगबतीको गर्भ गृहमा रहेको जलकुण्डबाट जल लगी मनकामना माईको पूजा गर्दा पूजा बिधिको पूर्ण कर्म पूरा हुने मान्यता रहेको छ।