× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

    १० महिना पहिले

    मंसिर-१४, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

    इन्डियन आयल कर्पोरेशनले बिहीबार पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजेलको क्रमशः २ रुपैयाँ १२ पैसा र ४ रुपैयाँ ०९ पैसा घटेर आएको छ । सोही अनुसार स्वदेशमा पनि निगमले मूल्य समायोजन गरेको हो।

    यस्तै एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ १४ पैसा बढेर आएको भएपनि उपभोक्ताको हितलाई ध्यानमा राखेर हाललाई मूल्य यथावत राखिएको निगमले जनाएको छ ।