× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    प्रथम इच्छाकामना दाैड प्रतियाेगितामा गाेरखाका संजय श्रेष्ठ प्रथम ।

    १० महिना पहिले

    मंसिर १५, इच्छाकामना । चितवनकाे इच्छाकामना गाउँपालिकाकाे अत्यन्त लाेकप्रिय इच्छाकामना मन्दिरमा हुने ठुलाे पञ्चमी मेलालाइ थप आकर्षण र मनाेरञ्जनात्मक बनाउनकाे लागी आयाेजित प्रथम इच्छाकामना दाैड प्रतियाेगितामा शहिद लखन गाउपालिका घैरूङ, गाेरखाका सञ्जय श्रेष्ठ प्रथम भएका छन । २५ बर्षका उनले निर्धारित दुरी १ घण्टा १४ मिनेटमा पार गर्दै प्रथम भएका हुन ।

    त्यस्तै द्धितीय हुनेमा सनम गुरूङ रहेका छन । उनले निर्धारीत दुरी १ घण्टा १७ मिनेट १५ सेकेण्डमा पार गरे भने तृतिय हुने दिनेश सिंह बाेगटीले १ घण्टा १७ मिनेट ५५ सेकेण्डमा पार गरेका छन ।

    बिजेताहरूलाइ बेलुका मेलामा आयाेजना हुने कार्यक्रम बीच पुरस्कार राशी सहित सम्मान गरिने आयाेजकले बताएका छन ।