× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीद्वारा आयोजित हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    १० महिना पहिले

    मंसिर-१५, लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीद्वारा आयोजित अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ‌।

    लियो क्लव ४९ ओैं वर्ष पूरा गरि ५० ओैं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा डिसेम्बर १ देखि डिसेम्बर ७ सम्म लियो सप्ताह अन्तर्गत पहिलो दिन र पहिलो कार्यक्रम स्वरुप लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गीले ईच्छाकामना गाउँपालिका वडा नं. ५ मुग्लिङ्ग स्थित मस्याङदी शिक्षा सदन सेकेण्डरी स्कूलमा आयोजित अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो।

    प्रतियोगितामा विधालयका ४ वटा सदन सहभागी रहेको थियो । प्रत्येक टिममा ५ जना सहभागी भएका थिए।

    प्रतियोगितामा दिपिका सिलवाल , सेफिना श्रेष्ठ , लक्की गुरुङ्ग , अनुस्का श्रेष्ठ र शुभम श्रेष्ठ सहभागी रातो सदन (रेड हाउस) प्रथम हुन सफल भएको थियो भने कृष्ण खनाल , रोजित जोशी , कृपा खनाल, अन्जु थापा र पुष्पा चौरासीया सहभागी निलो सदन (ब्लु हाउस) ले दोस्रो स्थान हासिल गरेको थियो। पहेँलो सदन (एल्लो हाउस) र हरियो सदन (ग्रीन हाउस)ले सान्त्वना स्थान हासिल गरेको थियो ।

    सो प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने टिमलाई मेडल र प्रमाणपत्र सहित सम्मान गरेको थियो भने सान्त्वना हासिल गर्ने टिमलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।