× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    त्रिभुवन विमानस्थलमा चिनिया यात्रुको झोलामा पावर बैंक पड्कियो ।

    १० महिना पहिले

    काठमाडौँ । त्रिभुवन अर्न्तरार्ष्ट्रिय विमानस्थलकाे प्रतिक्षालयमा बसी राखेकाे एक चिनिया यात्रुको झोलामा रहेको पावर बैंक अकस्मात पड्किएको छ । उक्त पावर बैंक पड्किँदा उनको लगेज ब्याग जलेको छ ।

    नेपाली समयानुसार १० बजे एयर चाइनाको जहाजबाट चीन जान लागेका चाइनिज यात्रु उक्त प्रतिक्षालयमा ह्याण्ड लगेज व्याग बोकेर बसेका थिए । उनको ह्याण्ड लगेज भित्र पावर बैंक थियो त्यो पड्किएपछि सामान्य आगो देखिएको विमानस्थलका प्रवक्ता सुभास झाले जानकारी दिए । झाका अनुसार थप कुनै क्षति भने भएको छैन । ती यात्रु निर्धारीत समयानुसार नै उनको सम्बन्धित विमानबाट चीन उडिसकेका छन् ।