× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    मुग्लिनमा लैङ्गिक हिंसा विरुद्ध सचेतना र्याली एवं कोणसभा सम्पन्न

    १० महिना पहिले

    मंसिर-१७, ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत आज मंसिर १६ गते चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनमा सचेतना र्याली एवं कोणसभा गरि मनाइएको छ ।

    सामुदायिक प्रहरी सेवा केन्द्र र ईलाका प्रहरी कार्यालय मुग्लिङको आयोजनामा लैङ्गिक हिंसा विरुद्धको कार्यक्रममा प्च्छारमुख अतिथि इच्छाकामना गाउँपालिका वडानं ५ का वडा अध्यक्ष तेजबहादुर शेरचन, इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी प्रमुख विशाल तामाङ, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष खुमप्रसाद पन्त, विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु तथा बिधालयका शिक्षक तथा बिधार्थीहरु सयौँको संख्यामा उपस्थित रहेका थिए।

    इलाका प्रहरी कार्यालय मुग्लिनको प्रङ्गाणमा बाट शुरु भएको र्यालीले मुग्लिन वजार परिक्रमा गरेका थिए। र्यालीका क्रममा “बलात्कार अपराध हो, सभ्यतामाथिको दाग हो”, “लैंगिक हिंसाविरुद्ध नबोल्नु पनि अपराध हो”, “लैंगिक हिंसाको अन्त्य, सबैको जिम्मेवारी”, “लैंगिक भेदभाव हिंसाको सुरुवात हो”, घरबाटै शुरु गरौं, महिला हिंसा अन्त्य गरौ जस्ता नारा लेखिएका प्लेकार्डहरू बोकेर नाराहरु लगाइएका थिए।

    बजार परिक्रमा पछि कोणसभामा परिणत भएको कार्यक्रममा प्रमुख अतिथी तेजबहादुर शेरचन, इप्रका मुग्लिनका प्रमुख विशाल तामाङ एवं विभिन्न संस्थाका प्रतिनिधिहरुले लैङ्गिक हिंसा विरूद्ध मन्तब्य राखेका थिए।

    सामुदायिक प्रहरी सेवा केन्द्र मुग्लिनका सचिव विष्णु कुँवरले संचालन गरेको कोणसभाको अन्त्यमा कार्यक्रम आयोजक संस्थाका अध्यक्ष खुमप्रसाद पन्तले कार्यक्रमलाई सफल बनाउनका लागि साथ र सहयोग दिएकोमा सबै संघ संस्था तथा विधालयलाई धन्यवाद दिएर सभा विसर्जन गरेका थिए।