× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    इच्छाकामना गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस १ गते देखि हुने

    ९ महिना पहिले

    मंसिर-१८, इच्छाकामना गाउँपालिकाको आयोजनामा यही पुस १ देखि २ गतेसम्म चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ ।

    श्री सर्वशान्ति मावि र प्रगति पाठशाला कुरिनटारमा हुने प्रतियोगितामा भलिवल(छात्र/छात्रा), कब्बडी (छात्र/छात्रा), एथलेटिक्स तर्फ १००,२००,४०० र ८०० मिटर दौड, सटपुट र तेक्वान्दो खेल हुने शिक्षा शाखा अधिकृत तारापति खरेलले जनाएको छ।

    पालिकाभित्रका विद्यालयस्तरबाट नै खेलाडी उत्पादन गर्ने र सम्भावित प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।